चलचित्र “बद्री बहादुर” को पोस्टर सार्वजनिक

Nepal Cover
२६ जेष्ठ २०८०, शुक्रबार
image

काठमाडौँ । नेपाली कथानक चलचित्र “बद्री बहादुर” को पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा फिल्मका मुख्य कलाकारको तस्बिर छ।

शोभित बस्नेत निर्देशित फिल्मको शुक्रबार निर्माण टिमले दुई पोस्टर सार्वजनिक गरेका हुन्।

फिल्ममा जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धिरेन शाक्य, शोभित बस्नेत, उत्तम केसी, लय संग्रौला, एलिना गुरुङ,सलोन बस्नेत र पूजा शर्मालगायत कलाकारले अभिनय गरेका छन् । फिल्मको कथा रामकाजी घिमिरेले लेखेका हुन् ।