June 10, 2023
काठमाडौं । अहिले बजारमा लिच्चीको मौसम छ। तर, तपाईले खाईरहनु भएको लिच्ची केमिकल हालेर पकाईएको त छैन ? तपाईलाई थाहा छ, अहिले बजारमा केमिकल हालेका लिच्ची पनि उत्तिक आएका छन् । जसले तपाईको स्वास्थ्यमा खराब समेत गरिरहेको हुन्छ । त्यसैले लिच्ची खानु भन्दा पहिलो एक पटक त्यसको जाँच गर्नुहोस कि त्यो लिच्चीमा केमिकल हालिएको छ कि छैन । यदी निकै सफा लिची छ भने मान्नुहोस, त्यसमा केमिकल हालिएको छ । साथै, आकारमा ठुलो पनि छ भने मान्नुहोस, यस्तो खाले लिच्चीमा केमिकल मिसाईएको छ । साथै, लिच्ची खरिद गर्नु वा खानु भन्दा पहिलो एक पटक सुघ्नुहोस, यदी गन्हाएको छ भने मान्नुहोस, त्यो लिच्ची खराब छ ।
प्रकाशित मिति:June 10, 2023
November 22, 2024