काठमाडौँ । ‘मिस मगर इन्टरनेशनल २०२३’ को शनिबार साँझ आयोजित पहिलो संस्करण प्रतिमा आलेमगरले जितेकी छन् ।
अन्तिम प्रस्तिस्पर्धामा १२ जनालाई पछि पार्दै उनले नगद रु चार लाख पुरस्कारसमेत प्राप्त गरिन्।
विजेता बनेसँगै मगरले सपनाको एउटा खुड्किलो उक्लिएको बताइन्। ‘पहिलो सिजनमै विजेता बने, दायित्व पनि महसुस भएको छ। संस्कृतिको प्रवर्द्धनमा मेरो भूमिका हुनेछ’, उनले भनिन्।