प्राथमिक विद्यालयका संयोजकलाई पाठ्यक्रम सम्बन्धी तालिम

  Sampatti News Online

June 11, 2023

काठमाडौँ । निजी तथा आवासीय विद्यालय संगठन– काठमाडौँ (प्याब्सक)को आयोजनामा पूर्व प्राथमिक तथा प्राथमिक विद्यालयका इन्चार्ज एवं संयोजकका लागि एक कार्यशाला सम्पन्न भएको छ । सहभागीलाई पाठ्यक्रममा भएको पछिल्लो विकास, पाठ्यक्रममा नवप्रवर्तन, शिक्षण सिकाइ ,विद्यालय प्रशासन तथा नेतृत्व सम्बन्धी विविध विषयमा श्रोतव्यक्ति उत्तम दाहालले प्रशिक्षण दिनुभएको थियो । प्याब्सकका अध्यक्ष राजन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सुदीप काफ्लले गर्नुभएको थियो । कार्यक्रममा नेशनल प्याब्सन केन्द्रीय उपाध्यक्ष होम बहादुर अधिकारी (मनोज) तथा प्याब्सक प्रमुख सल्लाहकार एव्ं नेशनल प्याब्सन बाग्मती प्रदेश सचिव गेन्द्र लामाले मन्तव्य व्यक्त गर्नुभएको थियो । दीक्षालय नेपाल फाउन्डेसनसँगको सहकार्यमा आयोजित कार्यक्रममा काठमाडौँका विभिन्न संस्थागत विद्यालयका विद्यालयका ७० जनाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति:June 11, 2023