पाकिस्तानमा भीषण वर्षा र चट्याङमा परेर २८ जनाको मृत्यु

  Sampatti News Online

June 12, 2023

एजेन्सी । पाकिस्तानको खैबर पख्तुनख्वा र पञ्जाबका विभिन्न भागमा शनिबार परेको भारी वर्षा र चट्याङका कारण कम्तीमा २८ जनाको मृत्यु भएको छ भने एक सय ४० जनाभन्दा बढी घाइते भएका छन्।

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार खैबर पख्तुनख्वा को बन्नु, डेरा इस्माइल खान, करक र लक्की मारवतमा वर्षाका कारण २५ जनाको मृत्यु भएको छ भने एक सय ४५ जना घाइते भएका छन् । बाढीका कारण ६९ घरमा आंशिक क्षति भएको । पाकिस्तानी प्रसारण संस्था जियो न्यूजले जनाएको छ।

प्राधिकरणका अनुसार करकमा चारजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । वर्षाका कारण डेरा इस्माइल खानमा एक बालकको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन्।

बाढी प्रभावित  खैबर पख्तुनख्वाका सबै क्षेत्रमा खोजी तथा उद्धार जारी छ । पीडितलाई राहत सामग्री उपलब्ध गराइएको तथा त्यो अहिले जारी रहेको उद्धारकर्मीले बताएका छन् । घाइतेहरूलाई अस्पताल पुर्‍याइएको छ ।  आँधीबेहरीसहितको भारी वर्षाले पञ्जाब प्रान्तका धेरै क्षेत्रमा भौतिक क्षति भएको छ । प्रान्तका सरगोधा, गुजरनवाला, फैसलाबाद अधिक प्रभावित भएका छन् ।

प्रकाशित मिति:June 12, 2023