प्रधानमन्त्री दाहाल पत्नी सीता अस्वस्थ, उपचारार्थ अस्पताल भर्ना

  Sampatti News Online

June 12, 2023

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्वस्थ भएकी छन् । स्वास्थ्य स्थिति गम्भीर भएपछि उनलाई सोमबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । सीता दाहाल विगत लामो समयता Progressive Supranuclear Palsy (पिएसपी) नामक रोगबाट ग्रस्त छिन्।बारम्बार लड्ने र डिप्रेसन बढ्ने समस्या बल्झिएपछि उनलाई उपचारार्थ लगिएको हो ।प्रधानमन्त्री दाहाल पनि पत्नीसहित अस्पतालमा पुगेका छन्।

प्रकाशित मिति:June 12, 2023