काठमाडौँ महानगरले ग-यो दुई अस्पताल सिल

Nepal Cover
२९ जेष्ठ २०८०, सोमबार
image

काठमाडौं ।दर्ता नवीकरण नगरी सञ्चालन गरेको भन्दै काठमाडौं महानगरपालिकाले दुई वटा अस्पताल सिल गरेको छ ।महागरपालिकाको अनुगमन टोलीले बौद्धस्थित चाइना पिपुल्स हस्पिटल र कोटेश्वरमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर सिल गरेको हो । दुवै अस्पताल लामो समयदेखि दर्ता नवीकरण नगरी सञ्चालन भएको महानगरले जनाएको छ । अस्पतालभित्र सञ्चालित फार्मेसी समेत बिनादर्ता सञ्चालन भइरहेको महानगरले जनाएको छ ।