भक्तपुरमा इप्सन हिज्जे प्रतियोगिता हुँदै

  Sampatti News Online

June 13, 2023

भक्तपुर । एडिफाई प्राइभेट स्कुल अर्गनाइजेसन नेपाल (इप्सन) भक्तपुरसँग आबद्ध नौवटा संस्थागत विद्यालयका विद्यार्थीबीच हिज्जे प्रतियोगिता भक्तपुरको चाँगुनारायण ६, नगरकोट फेदीस्थित क्वालिटी इंगलिस माविको आयोजनमा भइरहेको छ । इप्सनको यस वर्षको पहिलो अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप हो । संस्थाका अध्यक्ष तथा आयोजक विद्यालयका जिबी खड्काले फाइनल राउण्डपछि आजै विजयी प्रतिष्पर्धीलाई पुरस्कार वितरण गरिने जानकारी दिनुभयो । प्रतियोगितामा आयोजक विद्यालयले सहभागिता जनाएको छैन ।

प्रकाशित मिति:June 13, 2023