इप्सन हिज्जे प्रतियोगितामा ग्लोबल विजयी

  Sampatti News Online

June 13, 2023

भक्तपुर। एडिफाई प्राइभेट स्कुल अर्गनाइजेसन नेपाल (इप्सन) भक्तपुरले मंगलबार आयोजना गरेको हिज्जे प्रतियोगितामा ग्लोबल एकेडेमी विजयी भएको छ । प्रतियोगितामा इडन गार्डेन बोर्डिंग स्कुल दोश्रो, सूर्योदय सेकेण्डरी स्कुल तेश्रो र युनिटी इंगलिस स्कूल सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । विजयी प्रतियोगीलाई संस्थाका अध्यक्ष तथा आयोजक नगरकोट फेदीस्थित क्वालिटी इंगलिस माविका प्रिन्सिपल जिबी खड्काले पुरस्कार वितरण गरेका छन् । प्रतियोगितामा इप्सन आबद्ध नौवटा संस्थागत विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो । 

प्रकाशित मिति:June 13, 2023