काठमाडौँ । अद्यावधिक विवरणअनुसार नेपालमा विगत २४ घण्टामा थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
योसँगै शनिवार अपराह्णसम्म देशभरिमा कोरोना पुष्टि भएका संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ४ सय ३१ जना भाइरसमुक्त गएर घर फर्किएका छन्।
गत असार १९ गते सर्वाधिक ७४० जनामा सङ्क्रमण पुष्टि भएको थियो। सोमवार विगत पाँच हप्तामा सबैभन्दा कम ७० संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयको दैनिक प्रेस ब्रीफिङमा बोल्दै डा. गौतमले सङ्क्रमित हुने क्रम घटिरहेको बताए।