नेपालको शतकीय साझेदारी, कुशल र आसिफ क्रिजमा

  Sampatti News Online

June 18, 2023

आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’मा रहेको नेपालले पहिलो खेलमा अहिले टेस्टराष्ट्र जिम्बावेविरुद्ध खेलिरहेको छ। गृहमैदान हरारेमा जिम्बावेले टस जितेर पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ । 

संयमित रूपमा इनिङ सुरु गरेको नेपालले कुनै विकेट नगुमाई शतकीय साझेदारी गरेको छ । २७औँ ओभरमा नेपालले रन पूरा गरेको हो । 

कुशलले ज्१२ चौका २ छक्काकाे सहयोगमा ८२ बलमा ८७ रन बनाएका छन् । यस्तै, आसिफले ३ चौकाको सहयोगमा ८० बलमा ४३ रन बनाएका छन् । 

घरेलु मैदानमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै ग्लोबल छनोटमा स्थान बनाएको नेपाल उही प्रदर्शनलाई निरन्तरता दिने लक्ष्यमा छ ।

प्रकाशित मिति:June 18, 2023