आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’मा रहेको नेपालले पहिलो खेलमा अहिले टेस्टराष्ट्र जिम्बावेविरुद्ध खेलिरहेको छ। गृहमैदान हरारेमा जिम्बावेले टस जितेर पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ ।
संयमित रूपमा इनिङ सुरु गरेको नेपालले कुनै विकेट नगुमाई शतकीय साझेदारी गरेको छ । २७औँ ओभरमा नेपालले रन पूरा गरेको हो ।
कुशलले ज्१२ चौका २ छक्काकाे सहयोगमा ८२ बलमा ८७ रन बनाएका छन् । यस्तै, आसिफले ३ चौकाको सहयोगमा ८० बलमा ४३ रन बनाएका छन् ।
घरेलु मैदानमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै ग्लोबल छनोटमा स्थान बनाएको नेपाल उही प्रदर्शनलाई निरन्तरता दिने लक्ष्यमा छ ।