आन्दोलन फिर्ता लिंदा पनि रौतहटको अधिकांस बिद्यालय बन्द

  Sampatti News Online

June 19, 2023

रौतहट ४ असार। आन्दोलनरत विद्यालय कर्मचारीहरूले सामुदायिक विद्यालय बन्दका कार्यक्रम फिर्ता लिएपनि रौतहटको अधिकांस सामुदायीक बिद्यालयहरु आईतवार बन्द रहेको छ।  सरकारले वार्ताका लागि समिति गठन गरेको र आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन आह्वान गरेको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएको भएपनि यहाँको अधिकांस विधालय भने बन्द रहेको थियो। विधालय कर्मचारीको पूर्व निर्धारित कार्यकरम अनूसार विधालय बन्दको निर्णय भएकाे केहीबेर पछि आन्दोलन फिर्ताको खबर आउँदा सम्म विद्यार्थीहरू घर फर्किसकेकाले विधालय बन्द रहेको शिक्षकहरुले बताएका छन। जिल्ला शिक्षा समन्वय ईकाई रौतहटका प्रमुख राम बिनय सिंहले बिद्यालय कर्मचारीको आव्हानमा जिल्लाको अधिकांस सामुदायीक विधालय बन्द रहेको जानकारी दिएका छन।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वार्ता टोली गठन गरेर सम्बादको वातावरण बनाउन आग्रह गरेको भन्दै विद्यालय बन्दको कार्यक्रम तत्कालका लागि स्थगन गरिएको परिषद्का अध्यक्ष गंगाराम तिवारीले बताए ।  वार्ताको माध्यमबाट आन्दोलन राखिएका मागहरु सम्बोधन गर्न सरकार गम्भिर नदेखिएमा सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरेमा, विगत वर्षहरुमा भएका र गरिएका सहमति र सम्झौताहरु कार्यान्वयन नगरेको खण्डमा पुनः आन्दोलनका कार्यक्रम अगाडि बढाउने परिषद्ले चेतावनी दिएको छ।

प्रकाशित मिति:June 19, 2023