सिरियामा बम विस्फोट हुँदा पाँच सैनिकको मृत्यु

  Sampatti News Online

June 19, 2023

एजेन्सी। सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा सोमबार सडक किनारमा राखिएको बम विस्फोटमा परी पाँच सैनिकको मृत्यु हुनाका साथै अन्य सात जना घाइते भएको सरकार समर्थक शाम एफएम रेडियोले जनाएको छ ।

बम देइर अल–जोरको पश्चिमी ग्रामीण इलाकाको सडकको छेउमा राखिएको थियो । बम कसले राखेको हो भन्ने अझै प्रस्ट भइसकेको छैन तर यसले सक्रिय इस्लामिक स्टेट (आईएस) लडाकुहरूमाथि सङ्केत गरिएको छ ।

आइतबार मध्य प्रान्त होम्सको मरुभूमि क्षेत्रमा सडक किनारमा राखिएको बम विस्फोटमा तीन सैनिकको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएका थिए।

यसैगरी आइतबारको अर्को छुट्टै आक्रमणमा एक सिरियाली लेफ्टिनेन्टलाई आईएस समूहका लडाकुहरू मानिने सशस्त्र व्यक्तिहरूले घाइते बनाएका थिए। जुन १३ मा सडक किनारमा भएको बमले होम्समा एक सिरियाली सैनिक अधिकारीको मृत्यु भएको थियो ।

प्रकाशित मिति:June 19, 2023