भारतीय मिडियामाथिको प्रतिबन्ध कायमै राख्न आग्रह

  Sampatti News

July 13, 2020

काठमाडौँ । सरकारले भारतीय न्यूज च्यानलहरूमाथिको प्रतिबन्ध कायमै राख्न विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरूलाई आग्रह गरेको छ ।

नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीबारे भ्रमक र आपत्तिजनक समाचार प्रसारण गरेपछि एमएसओहरुले २५ असारमा केही भारतीय भारतीय न्यूज च्यानलहरूलाई नेपालमा प्रशारण बन्द गरेका थिए ।

वितरकहरूलाई सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री डा. युवराज खतिवडाले यो प्रतिबन्ध तत्काल नहटाउन आग्रह गरेका हुन् ।

राष्ट्रिय एकताका साथ नेपालले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा अनुमोदन गरेपछि भारतीय न्यूज च्यानलहरु दुरासायपूर्ण रूपले प्रस्तुत भएको उनले बताए । त्यही कारण सेवा प्रदायकहरूले स्वत:स्फुर्त रूपमा प्रतिबन्ध लगाएको उनले बताए ।

मिडिया सोसाइटीका प्रतिनिधिहरुसँग भएको भेटमा मन्त्री खतिवडाले भने, परिस्थिति अनुकुल भएर ती मिडियाहरु नसुध्रिदासम्म प्रतिवन्ध कायम राख्न म अग्रह गर्दछु ।’

प्रकाशित मिति:July 13, 2020