विश्वकप छनोट : नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित

  Sampatti News Online

June 22, 2023

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ ।

आईसीसी एकदिवस विश्वकप छनोट खेलमा नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको छ । जितको लागि ३ सय ४० रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल ४९ ओभर चार बलमा २ सय ३८ रनमा अल आउट भयो ।

ब्याटिङमा नेपालका आरिफ शेखले ६३, गुल्सन झाले ४२ रन बनाए । यस्तै रोहित पौडेलले ३०, करन केसी र आसिफ शेखले २८/२८,  दीपेन्द्र सिंह ऐरीले २३ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंक छुन सकेनन् । नेपालको बलिङ ध्वस्त बनाउने क्रममा वेस्ट इन्डिजका ज्यासन होल्डरले सर्वाधिक ३ विकेट लिए । 

प्रकाशित मिति:June 22, 2023