आजतकसहित चारवटा च्यानल बाहेकका भारतीय टिभीमाथिको बन्देज फुकुवा

Nepal Cover
२९ असार २०७७, सोमबार
image

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अभद्र टिप्पणी गरेको भन्दै केवल अपरेटरहरूले भारतीय टिभीहरूमाथि लगाएको बन्देज फुकुवा गरेका छन् ।

उनीहरूले भारतीय चार वटा समाचार च्यानलबाहेक अन्यको भने प्रसारण खुलाएका हुन् ।

केवल अपरेटरहरूको आइतबार बसेको बैठकले जी–न्युज, आजतक, इन्डिया टिभी र एबिपी न्यूज च्यानलहरूको प्रसारण बन्द राख्ने र अन्य च्यानल नेपालमा पुन प्रसारण गर्ने निर्णय गरेको हो।

म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माकाअनुसार केही च्यानलको प्रसारणलाई लिएर सबै च्यानल बन्द गर्न अनुपयुक्त हुने देखिएकाले यस्तो निर्णय भएको बताए ।

हाम्रा सबै किसिमका ग्राहक हुनुहुन्छ, भारतका समाचार हेर्ने पनि हुनुहुन्छस त्यसकारण हामीले केही च्यानलबाहेक अरूको प्रसारण खोलेका हौं’, उनले भने।

हिजै रातिदेखि अरू भारतीय समाचारका च्यानलको प्रसारण सञ्चालन भएको उनले बताए ।