उद्योग विभागका २ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Nepal Cover
११ असार २०८०, सोमबार
image

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग विभाग त्रिपुरेश्वरका शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दिपा थापाविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । 

सेवा ग्राहीसँग घुस–रिसवत लिई भ्रष्टाचार गरेको आरोमा शाखा अधिकृत घिमिरे र कार्यालय सहयोगी थापाविरुद्ध आज विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो । 

कम्पनीको ट्रेडमार्क दिन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस-रिसवत लिएको अख्तियारको ठहर छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिई आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ। 

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार उनीहरु दुवैजनाले कम्पनीको ट्रेडमार्क दिन सहजीकरण गरिदिने भन्दै घुस मागेका थिए ।