निगमका पूर्व कार्यकारी निर्देशक खड्का दोषी ठहर

Nepal Cover
१५ असार २०८०, शुक्रबार
image

काठमाडौं । गैर कानुनी सम्पत्ति आर्जन गरेको आरोपमा नेपाल आयल निगम पूर्व कार्यकारी निर्देशक गोपाल बहादुर खड्का दोषी ठहर भएका छन् । विशेष अदालत काठमाडौंले शुक्रबार सुनाएको फैसलामा उनी दोषी देखिएका हुन् ।

नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल बहादुर खड्का

श्रीकान्त पौडेल, शालिग्राम कोइराला र खुशी प्रसाद थारुको इजालसले उनलाई दोषी ठहर गर्दै एक वजर्ष तीन महिना कैद सजाय सुनाएको छ । यसका साथै खड्कासँग १८ करोड ३८ लाख रुपैयाँ विगो जरिवाना समेत तिराईने भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्का विरुद्ध २०७८ पुस २३ गते १८ करोड ६६ लाख रुपैयाँ गैर सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दाको फैसला आज विशेष अदालतले सुनाएको हो । 

स्रोत नखुलेको रु. १८ करोड ६६ लाख ५ हजारको सम्पत्ति गैरकानूनी आर्जन गरेकाले भ्रष्‍टाचार निवारण ऐनको कसुरमा कारवाही गर्न अख्तियारको माग थियाे।

पदमा बहाल रहँदा रु. ४० लाख ५७ हजार १५५ पारिश्रमिक, जग्गा बिक्रीवापत रु. ५८ लाख ७५ हजार, ऋण सापटीको रु. ५ करोड ३३ लाख ३६ हजार, घरभाडावापतको रु. १३ लाख ५६ हजार, जागिरबाट अवकाश हुँदा प्राप्त गरेको २९ लाख २२ हजार, पेन्सनवापत प्राप्त १४ लाख ७८ हजार, विप्रेषण आयबाट प्राप्त ८ लाख २६ हजार, गाडी बिक्रीवापतको ३५ लाख, छोरा-बुहारीको पारिश्रमिकबाट ११ लाख ४ हजार गरी ७ करोड ४४ लाख ५६ हजार २५२ मात्र खड्काको वैध आम्दानी रहेको अख्तियारको दाबी थिए।