सहसचिव वि.क को बढुवा

Nepal Cover
३० असार २०७७, मंगलवार
image

काठमाडौँ । सरकारले सहसचिव मान बहादुर वि.क. लाई सचिवमा बढुवा गरेको छ।
प्रधानमन्त्री निवास वालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले दोस्रो नम्बरमा सिफारिस गरेका वि.क.लाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिवहरू गोकर्णमणि दुवाडी, मान बहादुर बिक र मधु मरासिनीलाई सिफारिस गरेको थियो।