आजदेखी कोशी सरकारका बारेमा सर्वोच्चमा बहस हुने

  Sampatti News

July 23, 2023

काठमाडौं । आजदेखी कोशी प्रदेश सरकार गठनका बारेमा सर्वोच्चमा बहस हुने भएको छ । कोशी सरकार गठन असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट परेपछि असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले साउन ७ गतेबाट कोशी प्रदेश सरकार गठनको कामकारबाहीका बारेमा छलफल हुने भन्दै स्टे अडरको निर्देशन दिएकी थिइन् । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश मल्लले विपक्षीसमेत रहेका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखसँग लिखित जवाफ माग गरेकी थिइन । जसअनुसार प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखले लिखित जवाफ पेस गरे पछि आज देखी कोशी सरकारको वैधानिकतामा बहस सुरु हुन लागेको हो । सभामुख बाबुराम गौतम सहितको हस्ताक्षर जोडेर नेपाली कांग्रेसका उद्धव थापाको नेतृत्वमा प्रदेश सरकार गठन गरे पछि एमालेले त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थियो । यस विषयमा नेकपा एमाले कोशी प्रदेशले निष्पक्ष छानबिन हुनुपर्ने धारणा राख्दै आएको छ।

प्रकाशित मिति:July 23, 2023