महोत्तरीमा डीएसपीलाई निर्घात कुटपिट

  Sampatti News

July 23, 2023

काठमाडौं । नेपाल प्रहरीका एक डीएसपी निर्घात कुटिएका छन् । महोत्तरीमा प्रहरी नायव उपरीक्षक चन्देश्वर यादवमाथि कुटपिट भएको हो । धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत यादवमाथि बिहीबार राति १० बजे जलेश्वर नगरपालिका–२ बसपार्क नजिक विद्यापति नगरमा कुटपिट भएको हो । घटना आइतबार मात्र सार्वजनिक भएकाले रहस्यमय मानिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीका अनुसार अहिले उनको काठमाडौंस्थित प्रहरी अस्पतालमा उपचार भइरहेको छ । उनको दायाँ खुट्टा फ्याक्चर भएको छ । धनुषामा कार्यरत डीएसपी यादव एक्लै जलेश्वर किन गए भन्नेबारे छानविन गर्न समिति गठन गरिएको छ । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले एसपी महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्य समिति गठन गरेको हो । समितिले शनिबार घटनास्थल पुगेर निरीक्षण गरेको थियो । डीएसपी यादव केही महिना अगाडि मात्रै महोत्तरीबाट सरुवा भई धनुषा आएको बताइन्छ । पहिले त्यहाँ कार्यरत रहँदाको हिसाबकिताब मिलाउन यादव महोत्तरी गएको आशंका गरिएको छ ।

प्रकाशित मिति:July 23, 2023