नेपालभारत सीमा क्षेत्रमा एक महिलाको गोली हानी हत्या

  Sampatti News

July 23, 2023

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको छ । आइतबार बिहान मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई गोली प्रहार गरेर पुनः भारततिर नै लागेको धनुषा प्रहरीले जनाएको छ । गोली लागेकी महिलाको अहिलेसम्म पहिचान हुन नसकेको स्रोतले जनाएको छ । धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमका अनुसार घटना दशगजा पारी भए पनि सीमा क्षेत्रमा भएकाले धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्कासहितको टोली घटनास्थल पुगेको थियो । भारतीय भूमिमा घटना भएपछि भारतीय प्रहरीले लास पोस्टमार्टमका लागि लगेको छ । नेपाल प्रहरी र भारतीय प्रहरीले समन्वयमा सो घटनाका वारेमा अनुसन्धान भइरहेको गौतमको भनाइ छ ।

प्रकाशित मिति:July 23, 2023