दुई समितिको बैठक बस्दै

  Sampatti News

July 23, 2023

काठमाडौं । आज राष्ट्रिय सभा अन्र्तगतको दुई समितिको बैठक बस्दै छ । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आइतबार बिहान ११ः३० बजेपछि बैठक बस्ने भएको छ । समितिको सभाकक्ष सिंहदरबारमा बस्ने बैठकमा सरकारी आश्वासन कार्यान्वयन अवस्थाको स्थलगत अनुगमन निरीक्षणबाट देखिएका विषयहरुको सम्बन्धमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्री र सचिवसँग छलफल गर्ने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ । यस्तै,विधुतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्रारम्भिक छलफल गर्न विधायन व्यवस्थापन समितिको पनि बैठक बस्दै छ । उक्त समितिले सिंहदरबारमा बस्न लागेको बैठक दिउँसो १ बजेको लागि बोलाएको छ ।

प्रकाशित मिति:July 23, 2023