भदौ १ गतेदेखि सार्वजनिक सवारी साधनका चालक,सहचालकले अनिवार्य परिचयपत्र बोक्नपुर्ने

  Sampatti News

July 23, 2023

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सार्वजनिक सवारी साधनको गुणस्तर सुधार गर्न महत्वपूर्ण कामको थालनी गरेको बताएका छन् । आइतबार यातायात क्षेत्रको गुणस्तर सुधारका लागि निजी क्षेत्र र सरकारको सहकार्यमा ड्रेस तथा परिचयपत्र वितरण गर्दै मन्त्री ज्वालाले स्मार्ट लाइसेन्सको समस्यालाई छिटो भन्दा छिटो समाधान गर्ने दृढता व्यक्त गरे । उनले सार्वजनिक यातायातको क्षेत्रमा देखिएका समस्यालाई न्यूनीकरण गर्न निरन्तर बिभिन्न कार्य गर्दै जाने पनि बताए । उनले भने, ‘स्मार्ट लाइसेन्सका बारेमा धेरै गुनासाहरु छन् ।यो समस्याको छिटो भन्दा छिटो समाधान गर्ने र स्मार्ट लाइसेन्स कार्ड प्राप्त नहुँदासम्म अस्थायी कार्ड वितरण गर्ने गरि तयारी गरेका छौ । यो बारे प्रदेशका मुख्यमन्त्री,संघका मन्त्री सचिव लगायतको टीमले दुई दिने बैठक बसेर धुलिखेल यातायात घोषणा पत्र जारी गरेका छौं । मुख्य रुपमा हामी लाइसेन्समै केन्द्रित छौ र यातायात भरपर्दो,व्यवस्थित,यात्रु मैत्री र सुशासन कायम गर्न ११ बुँदे घोषणा पत्र जारी भएको छ । त्यो लागू गर्छौं नै ।’ मन्त्री ज्वालाले उक्त अभियानलाई सफल पानुपर्नेमा जोड दिदै नियमित रुपमा सार्वजनिक सवारीका चालक र सहचालकले सवारी सरसफाइ गर्र्ने,ड्रेस लगाउने, नियमित रुपमा परिचय पत्र बोक्ने तथा यात्रुलाई अनुशासित व्यवहार गर्न आग्रह गरे । व्यवहार नसुधारे कारबाही गर्ने चेतावनी पनि उनले दिए चालक,सहचालक,कर्मचारी,व्यवसायीले यो अभियानलाई केही दिनका लागि होइन्,निरन्तरता दिनुपर्छ । सबैभन्दा बढी यातायात व्यवसायी महासंघका साथीहरु नै लाग्नुपर्छ । चालक,सहचालकले आफ्नो काममा निस्कने वित्तिकै परिचयपत्र नियमित रुपमा लगाउनुप¥यो । यो अनुशासनमा बाँध्ने तरिका हो । सरसफाइलाई गम्भीर ध्यान दिनुहोला । अनुशासित बोली व्यवहार गर्नुहोला,मेरो अनुरानेध छ । पछि उद्देश्य अनुसार सार्वजनिक सवारीको सफाई भयो भएन्,परिचयपत्र लगाएको छ कि छैन्,ड्रेस लगाएको छ कि छैन् मन्त्रालय र विभागबाट हामी कहिलेकाँही अनुगमन गर्छौ । त्यतिबेला ड्रेस,कार्ड नलगाएको पाइए कारवाही हुन्छ,’ ज्वालाले भने । उनले सार्वजनिक सवारीसाधनको गुणस्तर सुधारका लागि सवारीसाधनको सरसफाई संगै चालक र सहचालक अनुशासित बन्नुपर्ने तथा यात्रु मैत्री व्यवहार हुनुपर्ने बताए । उनले भने, ‘सार्वजनिक यातायातको साधनहरुमा सरफाईको कमीका कारणले यात्रुले अत्यन्त पीडा व्यहोर्नु पर्छ । त्यसकारण सरसफाईको कामलाई प्राथमिकतामा राखेर सबै अनुशासित हुुनुपर्छ । यो भनिरहने कुरा हैन्,सबभन्दा धेरै मान्छेसंग सम्पर्कमा रहने मान्छे नै सबैभन्दा धेरै अनुशासित हुनुपर्छ । नियमित रुपमा दिनभरि आम मान्छेसंग सम्पर्कमा रहने मान्छेको बोली,भाषा,व्यवहार असाध्यै राम्रो यात्रुमैत्री हुनुपर्छ ।’ सार्वजनिक सवारी चालक र सहचालकको व्यवहारले यात्रुले पीडा खेप्नुपरेको अवस्थाको अन्त्य गर्नका लागि मन्त्री ज्वालाले सबैको समन्वयनमा उनीहरुलाई प्रशिक्षणको व्यवस्था मिलाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति:July 23, 2023