ललिता निवास प्रकरण ः तत्कालीन नापीका कर्मचारी श्रेष्ठ पक्राउ

  Sampatti News

July 23, 2023

काठमाडौं । ललिता निवास प्रकरणमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार थप एक जनालाई पक्राउ गरेको हो । तत्कालीन नापीका कर्मचारी अरूणकुमार श्रेष्ठलाई जोरपाटीस्थित उनकै घरबाट पक्राउ गरेको एसएसपी दिनेश आचार्यले जानकारी दिए । सरकारी जग्गा व्यक्तिको नाममा गर्नमा उनले पनि भूमिका खेलेको एसएसपी आचार्यले बताए । यो सँगै हालसम्म यस प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ ।

प्रकाशित मिति:July 23, 2023