चिनियाँ कम्युनिस्ट पार्टीका उच्चस्तरीय टोली काठमाडौंमा, भ्रमण अर्थपूर्ण

  Sampatti News

July 23, 2023

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का उच्च स्तरीय टोली आज नेपाल आइपुगेको छ। सत्तारुढ दल नेकपा माओवादी केन्द्रको निमन्त्रणामा पोलिटव्युरो सदस्य एवं चोङ्गिङ नगरका पार्टी सचिवसमेत रहेका युयान च्याच्युन नेतृत्वको २६ सदस्यीय टोली आइतबार दिउँसो काठमाडौं आइपुगेको हो । श्रीलंकन एयरमार्फत उनीहरु नेपाल आएको टोलीलाई माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङले स्वागत गरेका थिए । भ्रमण दलमा चिनियाँ कम्युनिस्ट पार्टीका नेता र विदेश मन्त्रालयका अधिकारीहरु छन्। युयानको टोली सिंगापुर र श्रीलंका हुँदै नेपाल आएको हो । नेपाल बसाईंका क्रममा उनीहरुले राष्ट्रपति रामचन्द्र पौडेल, उपप्रधामन्त्री र शीर्ष नेतृत्वसँग भेटवार्ता गर्ने छन्। चीनले प्रधानमन्त्रीका भ्रमणका बेला बीआरआई परियोजना कार्यान्वयनको ठोस खाकाका विषयमा छलफल गर्ने तयारी समेत गरिरहेको छ । सीपीसीको केन्द्रीय कमिटी बैठकले जुलाई १६ देखि २५ तारिखमा युयानको नेतृत्वमा तीन देशमा भ्रमणमा पठाउने निर्णय गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको तयारी भइरहेका बेला सीपीसी नेताहरूको नेपाल भ्रमणलाई अर्थपूर्णरूपमा हेरिएको छ।

प्रकाशित मिति:July 23, 2023