निजी क्षेत्रको कर्जा ११.५ प्रतिशतले विस्तार हुने

  Sampatti News

July 23, 2023

काठमाडौं । नेपाल राष्ट्र बैंकले, चालु आर्थिक वर्ष २०८० र ८१ मा निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११.५ प्रतिशतले विस्तार गर्ने लक्ष्य लिएको छ ।

आईतबार राष्ट्र बैंकले चालु वर्ष २०८० र ८१ को लागि मौद्रिक नीति जारी गर्दै निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११.५ प्रतिशतले विस्तार गर्ने लक्ष्य लिएको हो । यस्तै केन्द्रीय बैंकले विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत हुने अनुमान गरेको छ । यस्तै मौद्रिक नीतिले मुद्रास्फीतिलाई ६.५ प्रतिशतभित्र कायम राख्न मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने नीति लिएकोे छ ।

प्रकाशित मिति:July 23, 2023