विपक्षी दलबाट सेना, परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार परराष्ट्रमन्त्री

  Sampatti News

July 23, 2023

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं परराष्ट्रमन्त्री एनपी साउदले विपक्षी दलबाट नेपाली सेना, मुलुकको परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार भइरहेको बताएका छन् ।
कांग्रेसको यही साउन २ गतेदखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा आज उनले आफ्ना धारणा राख्दै सत्ता नपाएपछि विपक्षी दलले सेना, परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार गरिरहेको आरोप लगाए ।
विपक्षमा रहेका दल सत्ता नपाएपछि रन्थनिएका जस्तो अवस्थामा देखिएको टिप्पणी गर्दै नेता साउदले भने, “सेना जस्तो संस्थामा केही पार्टीले आक्रमण गरिरहेका छन् । मुलुकको असंलग्न परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार गर्ने काम भइरहेको छ ।” प्रमुख सत्ता साझेदार दल कांग्रेस सही बाटोमा हिँडेको र सही बाटोमा हिँड्न आत्मविश्वास राखेर अगाडि बढ्नुपर्नेमा समेत उनले जोड दिए ।

प्रकाशित मिति:July 23, 2023