२६ सहसचिवको सरुवा, सूचीसहित

  Sampatti News

July 23, 2023

काठमाडौँ । सरकारले २६ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा अघिल्लो मन्त्रिपरिषद् बैठकले सङ्घ, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार राष्ट्रिय कितावखानाका महानिर्देशक टोकराज पाण्डेको अर्थ मन्त्रालयमा सरुवा भएको छ भने ललितपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल गृह मन्त्रालय आएका छन् । त्यसैगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेशका प्रदेश सचिव भीष्म कुमार भुसालको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशमा सरुवा भएको छ भने तीर्थ राज भट्टराईलाई श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशमा सरुवा गरिएको छ ।

हेर्नुहोस् सूची

महिनौँदेखि गरेको सरुवा तयारीमा धेरै समय पछि सूची सार्वजनिक भएको छ । जसबारे केही दिन अघि प्रशासन डटकमले समाचार प्रकाशन गरेको थियो ।

प्रकाशित मिति:July 23, 2023