एनआरएनए कतारको अध्यक्षमा ७ जनाको उम्मेदवारी

  Sampatti News

July 24, 2023

गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा ७ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार पदम गिरी, अवधेश कुमार मण्डल, रमेश भट्ट, जैबी राई, अब्दुर रहमान, उत्तम गुरुङ र सरिता भण्डारी पौडेलले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।
निर्वाचन समितिका अनुसार विभिन्न पदहरुमा मनोनयन दर्ता भएका उम्मेदवारहरुमाथि दाबी विरोध पश्चात ९० जनाको उम्मेदवारी कायम भएको छ । प्रारम्भिक नामावलीमा भने ९१ जना पञ्जीकृत सदस्यहरुको उम्मेदवारी परेको थियो ।
निर्वाचन समितिले कामय रहेका उम्मेदवारहरुलाई आफ्नो पासपोर्ट साइजको फोटोसहित नाम र पदसमेत उल्लेख हुने गरी सोमबार दिउँसो ४ बजेभित्र विवरण पठाउन आग्रह गरेको छ ।
समितिले ६ जना आईसीसी सदस्यका लागि ९ जना, एक जना प्रथम उपाध्यक्षका लागि ३ जना, द्धितीय उपाध्यक्ष १ जनाका लागि ३ जना, तृतीय उपाध्यक्ष १ जनाका लागि २ जना, महिला उपाध्यक्ष एक जनाका लागि दुई जनाको उम्मेदवारी परेको छ । यस्तै १ जना युवा उपाध्यक्षका लागि पनि दुई जनाको उम्मेदवारी परेको छ ।
यस्तै ३ जना सचिवका लागि ७ जना, कोषाध्यक्ष १ जनाका लागि ३ जना, सहकोषाध्यक्ष १ जनाका लागि ३ जनाको उम्मेदवारी परेको छ ।
यसैगरी महिला संयोजक र युवा संयोजक पदमा भने एकल उम्मेदवारी परेको छ । यस्तै १९ जना सदस्य पदका लागि ४० जनाको उम्मेदवारी परेको छ ।
यसैगरी लेखा समिति संयोजक पद ९१० का लागि २ जना, लेखा समिति सदस्य ९२० का लागि ३ जनाको उम्मेदवारी परेको संयोजक क्रान्ति सिंहले जानकारी दिए । नयाँ नेतृत्व चयनका लागि जुलाइ २७ मा निर्वाचन हुँदैछ ।

प्रकाशित मिति:July 24, 2023