बैतडीमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु, तीनजना घाइते

  Sampatti News

July 24, 2023

काठमाडौं । पहिरोले घर पुरिँदा बैतडीमा आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पुर्चौडी नगरपालिका–२ भैरु टोलका २४ वर्षीया अञ्जु जागरी र ४ वर्षीय रिजन रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

आज बिहान ३ बजे घरमाथिबाट खसेको पहिरोले घर पुँरिदा घरभित्र सुतिरहेका उनीहरुको मृत्यु भएको हो । पहिरोले पुरेर १८ वर्षीय गोब्बर जागरी, ४५ वर्षीया राइमती जागरी र ६० वर्षीया जस्मा बोहरा घाइते भएका छन् । पहिरोले घर र पशुचौपायामा पनि क्षति पुगेको छ ।

प्रकाशित मिति:July 24, 2023