
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ । मुख्यमन्त्रीमा थापाको नियुक्तिविरुद्ध परेको रिटका आज पेशी तोकिएको हो । सर्वोच्चका न्यायाधीशद्वय सुष्मलता माथेमा र तीलप्रसाद श्रेष्ठको इजालमा पेशी तोकिएको हो । यसअघि हिजो न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासमा पेशी तोकिए पनि हेर्न नमिल्ने सूचीमा राखिएको थियो । आजका लागि माथेमा र श्रेष्ठको इजलासमा पेशी दुई नम्बरमा रहेको छ।
एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कुमार कार्की नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि गठबन्धनको सरकार गठन भएको थियो । गठबन्धनबाट सरकार गठनका लागि बहुमत नपुगेपछि सभामुखले समेत मतदान गरेपछि त्यसको विरुद्ध रिट परेको हो ।
थापा नेतृत्वको सरकालाई यहि साउन १९ गतेसम्ममा विश्वासको मत लिनुपर्ने बाध्यता छ, तर सरकार गठन अवैधानीक भएको भन्दै विपक्षी दल एमाललेले नयाा सरकार गठन गर्नुपर्ने मागसहित सर्वोच्च रिट दिएको थियो।