घनुषा र सिरहा जोडने कमला नदीमा भत्केको पुलबाटै आवतजावत, अब बाँसको पुलमा शुल्क नलाग्ने

  Sampatti News

July 24, 2023

जनकपुरधाम । धनुषा र सिरहा जोडने बहुप्रतिक्षित कमला नदीको भत्केको पुलबाटै आवतजावत सुरु गरिएको छ । भत्केको कमला पुलबाट सर्वसाधारणहरुलाई बाँसको अस्थायी पुल बनाएर आवतजावत सुरु गराएको हो । यसअघि पनि सोही पुलबाट बाँसको सिढी चढदा प्रतिव्यक्ति २० रुपैयाँ लिदै आएको थियो । कमला नदीमा पानी बढेपछि आवतजावत गर्न कठिनाई भएको बेला पुलबाटै मोटरसाईकल लिएर समेत जाने अवस्था बनाइएको हो ।

नेपाल पत्रकार महासंघ सिरहा शाखाका पूर्व अध्यक्ष एवम् पत्रकार देव कुमार यादवको विशेष पहलमा सिरहा नगरपालिकाले आम सर्वसाधारणको लागि बाँसको पुल मार्फत आवतजावत सहज बनाई दिएको हो ।

यसअघि केही स्थानीयहरुले सरकारी सम्पतिमा बाँसको पुल बनाएर लाखौँ रुपैयाँ असुली गर्दै आएका थिए । पत्रकार यादवको पहलमा नीजी पुल हटाएर सार्वजनिक पुलको निर्माण गरी पूर्णतः निःशुल्क आवतजावत सहज बनाई दिएको हो ।

अब सिरहा आवतजावतको लागि पुलबाटै मोटरसाईकल, साईकल, पैदल यात्रा गर्न सकिने अस्थायी व्यवस्था बनाईदिएको हो । पुल मर्मतको कार्य आउँदो असोजदेखि पुनः सुचारु हुनेछ ।

प्रकाशित मिति:July 24, 2023