पूर्व गभर्नर रावलसहित तीनजनाको सफाई

Nepal Cover
३१ असार २०७७, बुधबार
image

काठमाडौँ । विशेष अदालतले पूर्व गभर्नर तिलक रावलसहित आरोपी तीनै जनालाई सफाइ दिएको छ।
पोलिमर नोट प्रकरणमा मुछिएका पुर्व गर्भनर रावल, राष्ट्र बैंकका तत्कालीन नोट विभागका प्रमुख उपेन्द्र केसरी पौडेल र स्थानीय प्रतिनिधि रहेका मेप्लावर लिमिटेडका हिमालयबहादुर पाँडेलाई विशेष अदालतले मंलबार सफाइ दिने फैसला गरेको हो।

अख्तियारले उनीहरुविरुद्ध जनही ९१ लाख ९ हजार बिगो दाबी गरी २०७५ पुस ५ गते मुद्दा दायर गरेको थियो।

विशेष अदालतका अध्यक्ष शिवराज अधिकारी र सदस्यद्वय बालेन्द्र रुपाखेती र शान्तिसिंह थापाको संयुक्त इजलासले यस्तो फैसला गरेको हो।

राष्ट्र बैंकले १० रुपैयाँ दरका पाँच करोड थान पोलिमर नोट छापेकोमा नोट छाप्दा गुणस्तर कायम नगरेको, अस्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गैर कानुनी मिलेमतो गरी भ्रष्टाचार गरेको दाबीसहित अख्तियारले मुद्दा चलाएको थियो।