ज्ञानवापी मुद्दामा जुलाई २६ सम्म रोक लगाउने सर्वोच्चको निर्णय

  Sampatti News

July 24, 2023

काठमाडौं । ज्ञानवापी मुद्दामा भारतको सर्वोच्च अदालतले एएसआईको सर्वेक्षणमा जुलाई २६ गतेसम्म रोक लगाएको छ । सर्वोच्च अदालतले मस्जिदमा तोडफोड नगर्न निर्देशन पनि दिएको छ ।

यसबारे उत्तर प्रदेश सरकारको तर्फबाट उपस्थित जनरल तुषार मेहताले आजको एएसआईको सर्वेक्षणमा कुनै तोडफोड नभएको र त्यसको लागि कुनै योजना नै नभएको बताएका छन् । अहिले सर्भेमा मस्जिद नाप्ने काम मात्र भइरहेको छ । अर्कोतर्फ मुस्लिम पक्षले सर्वेक्षणको काम दुई–तीन दिनका लागि स्थगित गर्न माग गरेका छन् ।

हाईकोर्टमा पुनरावेदन गर्न आदेश

मुस्लिम पक्षले एएसआईको सर्वेक्षणविरुद्ध सर्वोच्च अदालतमा निवेदन दायर गरेको छ । याचिकामा, ज्ञानवापी मस्जिद व्यवस्थापन समिति, अन्जुमन इन्तेजामिया मस्जिदले वाराणसी जिल्ला अदालतको निर्णयमा रोक लगाउन माग गरेको छ ।

अन्जुमन इन्तेजामिया मस्जिदको तर्फबाट वरिष्ठ अधिवक्ता हुजैफा अहमदी सर्वोच्च अदालतमा उपस्थित भएका थिए । वाराणसीको जिल्ला अदालतले ज्ञानवापीको सर्वेक्षणको आदेश दिएको थियो । यसमा सर्वोच्च अदालतले ज्ञानवापी मस्जिद व्यवस्थापन समितिलाई वाराणसी जिल्ला अदालतको फैसलामाथि रोक लगाउन इलाहाबाद हाईकोर्टमा अपील गर्न भनेको छ ।

प्रकाशित मिति:July 24, 2023