कोशीमा सत्ता संकट, न्यायाधीशद्धय माथेमा र श्रेष्ठको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ

Nepal Cover
८ श्रावण २०८०, सोमबार
image

काठमाडौं । कोशी प्रदेश सरकार गठनसम्बन्धी मुद्दाको पेसी न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासमा तोकिएको छ। न्यायाधीद्धय माथेमा र श्रेष्ठको इजलासमा उक्त मुद्दा क्रमसंख्याअनुसार २ नम्बरमा रहेको छ । आइतबारको मिति तोकिए पनि ‘हेर्न नमिल्ने’मा परेपछि स्थगित भएको उक्त मुद्दाको अन्तिम सुनुवाइ सोमबारबाट हुन लागेको हो । आइतबार न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएको थियो । तर, रेग्मीले तत्कालीन मुख्यमन्त्री हिक्मत कार्की आफ्नो साथी भएकाले मुद्दाको सुनुवाइ नगर्ने निर्णय गरेका थिए । तत्कालीन मुख्यमन्त्री कार्कीले विश्वासको मत ल्याउन नसकेपछि ढलेको सरकार नेपाली कांग्रेसका उद्धव थापाको नेतृत्वमा गत असार २१ गते गठन भएको थियो । यस क्रममा सरकार गठन असंवैधानिक रहेको भन्दै एमाले प्रदेश संसदीय दलका नेतासमेत रहेका निवर्तमान मुख्यमन्त्री कार्कीले गत असार २२ गते सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चले साउन १० गतेसम्म कोशी सरकारलाई दीर्घकालीन प्रभाव पार्ने कुनै निर्णय नगर्न आदेश दिएको छ ।