एनसेलको ७२ अर्बको केस अझै पनि हल हुन नसक्नु आश्चर्यको विषय ः विप्लव

  Sampatti News

July 24, 2023

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ एनसेलको ७२ अर्बको केस अझै पनि हल हुन नसक्नु आश्चर्यको विषय भएको बताएका छन् ।

सोमबार काठमाडौंमा पुष्पलालको २४ औं स्मृति दिवसको अवसरमा आयोजित समाजवादी यात्राको चुनौती ः भ्रष्टचार र दण्डहिनता विषयक प्रवचन गोष्ठीमा विप्लवले सरकार भ्रष्टाचारको विरुद्ध लड्नु पर्ने बताए ।

उनले भने मलाइ के स्मरण भएको छ भने यदि हाम्रो पार्टीलाई प्रतिबन्ध लाग्नु भन्दा पहिला नारायण काजी श्रेष्ठ जी गृहमन्त्री भएको भए सायद प्रतिवन्ध लाग्दैन थियो होला । किनकी हामीले कारवाही गरेको एनसेलललाई हो, यो कुरा उहाँलाई थाहा थियो, एनसेलमा साढे ७२ अरवको भ्रष्टचारको केस छ । त्यो अहिले पनि हल भएको म देख्दिन । ’

सरकारले भ्रष्टाचारविरुद्ध लडाई लड्नु पर्ने बताए । यो लडाईमा सडकबाट नेकपाले जनतालाई एकीकृत गरेर साथ दिने उनको भनाइ थियो ।

प्रकाशित मिति:July 24, 2023