एफएमटीले गर्यो ४८ पूर्व फुटबलरलाई सम्मानित

  Sampatti News

July 16, 2020

काठमाडौं । फुटबलर्स मिसन टुगेदर (एफएमटी)ले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा बुधबार नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडीहरूलाई सम्मान गरेको छ। एफएमटीले पुरुषतर्फ सन् १९७९ देखि १९८३ सम्म तथा महिलातर्फ २०१० सम्म राष्ट्रिय टिमबाट खेलेका २७ पुरुष खेलाडी र २० महिला खेलाडीलाई सम्मानित गरेको हो।

सम्मानित हुने खेलाडीमा पुरुषतर्फ गणेश थापा, कृष्णबहादुर थापा, श्रीराम रंजितकार, धीरेन्द्र कुमार प्रधान, भक्तराज कर्णिकार, मानबहादुर मल्ल, विनय श्रेष्ठ, भिक्टर राणा, अजय मानन्धर, लोकबहादुर शाही, गोपाल श्रेष्ठ, किरण राई, विदुर विष्ट र रामदर्शन गुरुङ, नरेन्द्र श्रेष्ठ, मोहन शाही, दीपकहर्ष बज्राचार्य, पुनम थापा, जीवन श्रेष्ठ, रजतमान तुलाधर, वरुण मानन्धर, कृष्ण आले, डम्बरसिंह गुरुङ, दिनेश थापा, राजुकाजी शाक्य, यमबहादुर घले, सुरेश बस्नेत र राजेश मानन्धर रहेका छन् ।

महिलातर्फ जमुना गुरुङ, चन्दा भण्डारी, प्रमिला राई, भगवती थापा, अनु लामा, अस्मिता खवास, सपना लामा, नमिता दाहाल, उषा भण्डारी, लक्ष्मी पौडेल, मनमाया मगर, दीपा अधिकारी, निरु थापा, सजना राना मगर, मिरा महर्जन, विनिता श्रेष्ठ, दीपा क्षत्री, रञ्जना दर्जी, निशा देवान र तुलाषा सिंह रहेका छन् ।
खेलाडीलाई एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठले सम्मानपत्र प्रदान गरेका थिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले फुटबलर्स मिसन टुगेदरसँग मिलेर ग्रासरुटमा साथ जाने बताए।

‘ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज यो सहकार्य योजना र सोचप्रति उपलब्धिमूलक हुने छ ।’ उनले भने ।

प्रकाशित मिति:July 16, 2020