काठमाडौंः केन्द्रीय बैंकले १ सय ४२ ऋणीलाई पुनर्कर्जा दिने निर्णय गरेको छ। नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७६ बमोजिम आर्थिक वर्ष २०७६–७७ मा साधारण तथा निर्यात पुनर्कर्जा प्राप्त गर्ने ऋणी संस्था तथा बैंकको नाम सार्वजनिक गरेको हो। जसमध्ये साधारण पुनर्कजातर्फ १ सय ३२ ऋणी र निर्यात पुनर्कर्जा व्यवसायतर्फका १० ऋणीले ऋण प्राप्त गर्ने छन्।
केन्द्रीय बैंकले कोभिड १९ ले गर्दा साँवा र ब्याजसमेत भुक्तानी गर्न नसक्ने अवस्थाका ऋणीहरुलाई पुनर्कर्जा दिने भएको हो। बैंकहरुले पुनर्कर्जाको आवश्यकता पर्ने ऋणीहरुसँग निवेदन माग गरेका थिए। बैंकहरुले ऋणीको निवेदनलाई आन्तरिक मूल्यांकनपछि राष्ट्र बैंकसँग प्रस्ताव लैजाने व्यवस्था छ । सोही अनुसार बैंकहरुले बुझाएको विवरणका आधारमा राष्ट्र बैंकले पुनर्कर्जा दिने निर्णय गरेको हो।





