१६ जिल्लाका नदीहरूमा बहाब बढ्ने, केहीमा आकस्मिक बहाबको जोखिम

  Sampatti News

July 30, 2023

काठमाडौं । आज आइतबार देशभरका १६ जिल्लाका स(साना नदीहरूमा बहाब बढ्ने सम्भावना छ । आज इलाम, झापा, पाँचथर, सिन्धुली, बारा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), लमजुङ, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ र आसपास भई बहने स–साना नदीहरूमा बहाब बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यी जिल्लाका केही नदीमा आकस्मिक बहाबको जोखिम रहेकोले तटीय क्षेत्रमा सतर्कता अपनाउन आवश्यक छ । यस्तै आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, धनकुटा, उदयपुर, सुनसरी, मोरङ, पर्सा, सिरहा, सप्तरी, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रुपन्देही, कपिलवस्तु, पाल्पा, बाँके, बर्दिया, दाङ, रुकुम पूर्व, रोल्पा, कैलाली, अछाम, दार्चुला, बझाङ, बैतडी, डडेल्धुरा र आसपास भई बहने केही स(साना नदीमा समेत बहाब बढ्न सक्ने पूर्वानुमान छ । यी क्षेत्र भइ बहने साना नदी तटीय क्षेत्रहरूमा सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । आगामी ३ दिन देशका प्रमुख नदीहरूमा जलसतह सतर्कता तहभन्दा तल तर बढ्दो रहने पूर्वानुमान छ ।

प्रकाशित मिति:July 30, 2023