बाबुरामले भने– कोशीमा नयाँ सरकार बनाउन मध्यावधिमा जाऔं

  Sampatti News

July 30, 2023

काठमाडौं । नयाँ सरकार गठनको पहल भइरहेका बेला भट्टराईले मध्यावधिको विकल्प सुझाएका हुन् । नयाँ सरकार गठन हुने तयारी भइरहेका बेला नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कोशी सरकार निर्माणका लागि मध्यावधि निर्वाचनमा जानु पर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘१ नं प्रदेशमा घोषित रूपमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्यत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नु भन्दा यो संविधानका अन्तरवस्तु स्वीकार्ने शक्तिहरू मिलेर सरकार बनाउने, नत्र मध्यावधिमा जाने विकल्प स्वीकार्नु उपयुक्त होइन र रु यस्तै सत्तालिप्साले संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बन्छ र प्रतिक्रान्तिको आधार तयार हुन्छ भन्ने कुरा कमसेकम हाम्रा लोकतन्त्रवादी मित्रहरू र क्रान्तिकारी कणहरूले त बुझ्नुपर्ने ।’ अंक गणितका आधारमा सरकार निर्माणमा गर्न संवैधानिक प्रश्न उठिरहेको बेला भट्टराईले मध्यावधिको विकल्प सुझाउनलाई अर्थपूर्ण मानिएको छ । उनी अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्ट छन् । समाजवादी मोर्चामा आफूलाई नसमेटेपछि बाबुराम प्रचण्डसँग टाढिएका हुन् ।

प्रकाशित मिति:July 30, 2023