नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

Nepal Cover
१४ श्रावण २०८०, आईतवार
image

चितवन। नारायणगढ–मुग्लिन सडक खण्डमा आइतबार बिहान पहिरो खस्दा यातायात अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ९ बजे इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा लेदोसहितको पहिरो खसेको हो।
पहिरोका कारण सो सडक भएर गुड्ने सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन् । पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कठिन भएको उनले बताए। पहिरोका कारण यस सडक खण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ।