समाजवादी मोर्चाले आज विद्यार्थी मोर्चाको घोषणा गर्ने

Nepal Cover
१४ श्रावण २०८०, आईतवार
image

काठमाडौं । चारदलीय समाजवादी मोर्चाले समाजवादी विद्यार्थी मोर्चाको घोषणा गर्ने भएको छ । माओवादी, जसपा, एकीकृत समाजवादी र नेकपा सम्मिलित मोर्चाले अब विद्यार्थी मोर्चा गठन गर्न लागेको हो । आइतबार दिउँसो १२ बजे विद्यार्थी मोर्चाको गठन गर्न लागिएको हो ।ललितपुरको च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा विद्यार्थी मोर्चाको घोषणा हुने कार्यक्रम तय भएको छ। कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् । समाजवादी मोर्चाले आफ्नो संगठन सातै प्रदेशका ७७ जिल्लामा विस्तार गर्ने योजना बनाएको छ। केन्द्रमा चारवटै पार्टीबाट बढीमा पाँच–पाँचजनासम्म र प्रदेशमा तीन–तीन तथा जिल्लामा दुई–दुईजना चारवटै पार्टीबाट समेटिने गरी मोर्चा बनाइने भएको छ । हालै गठन भएको मोर्चाको नेतृत्व हाल एकीकृत समाजवादीका अध्यक्ष नेपालले गर्दै आएका छन्।