सुन बरामद प्रकरणमाः होटल भियानमा छापा, केही कागजातसहित एक जना पक्राउ

  Sampatti News

July 30, 2023

सय किलो सुन बरामद प्रकरणमा राजश्व अनुसन्धान विभागले होटल भियानमा छापा हानेको छ । सय किलो सुन प्रकरणमा कनेक्सन देखिएपछि विभागले आज (आइतवार) छापा हानेको हो । विभागले केही कागजातहरू बरामद गरेको छ । विभागले १ जनालाई पक्राउ गरेको जनाएको छ । उनको हङकङसँग कनेक्सन देखिपछि पक्राउ गरिएको अनुसन्धानमा खटिएका एक अधिकृतले लोकान्तरलाई बताए । भन्सारबाट कटिसकेपछि राजश्व अनुसन्धान विभागले साउन २ गते त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट मोटरसाइकल ब्रेक सू बरामद गरेको थियो ।

प्रकाशित मिति:July 30, 2023