टोखाको ठूलो गोदाममा राजस्वको छापा, सुन पगाल्ने र गलाउने ठूल्ठूला मेसिन भेटिए

  Sampatti News

July 30, 2023

छापा हान्ने अधिकारी भन्छन् – ठूलो गोदाम हेर्दा सय किलो सुन त केही होइन जस्तो देखियो । सय किलो सुन बरामद प्रकरणमा राजश्व अनुसन्धान विभागले काठमाडौंको टोखामा ठूलो गोदाम फेला पारेको छ । हिजो बेलुका ५ बेजेदेखि अनुसन्धान विभागले छापा हानेको थियो ।अनुसन्धान अधिकारीहरूका अनुसार त्यहाँ ठूल्ठूला सुन पगाल्ने र गलाउने मेसिन फेला परेका छन् । ‘यहाँको अवस्था हेर्दा सय किलो सुन त केही होइन जस्तो देखियो, यहाँ ठूल्ठूला सुन पगाल्ने मेसिनहरू फेला परेका छन्,’ ती अधिकृतले लोकान्तरसँग भने । राजश्व अनुसन्धानमा खटिएका सशस्त्रका कर्मचारी, प्रहरी कर्मचारी र राजश्वका अधिकारीहरूले छापा हानेर अहिले सिल गरेका छन् । त्यहाँ मेसिन जोख्ने ठूलो मेसिन, पगाल्ने हिटरलगायत सामानहरू बरामद गरिएको छ । हिजो नै विभागले होटल भियानमा छापा हानेर एक जना बेल्जियमका नागरिकलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति:July 30, 2023