सिटिजन लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

  Sampatti News

July 30, 2023

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिने आज साउन १४ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत असार ३१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँका दरले ११ लाख २५ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । उनीहरुले साउन १४ गतेसम्म आवेदन दिन सक्नेछन् । सीडीएससीका अनुसार कम्पनीको आईपीओमा अहिलेसम्म २६ हजार १८० आवेदकबाट कुल १८ लाख ३० हजार ८९० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १.६३ गुणाले बढी हो ।

प्रकाशित मिति:July 30, 2023