मोरङमा जन्मसिद्धका साढे ४ हजार सन्तानले पाए वंशजको नागरिकता

  Sampatti News

July 30, 2023

काठमाडौँ । मोरङमा जन्मसिद्धका सन्तानले नागरिकता पाउन अझै डेढ वर्ष भन्दा बढी समय लाग्ने देखिएको छ । जन्मसिद्धका सन्तानलाई वंशजको आधारमा नागरिकता दिलाउने प्रक्रिया सुरु भए पनि धेरै निवेदन परेकाले समय लाग्ने भएको हो । जिल्ला प्रशासन कार्यालय मोरङले दैनिक ८० वटा सम्म जन्मका आधार पाउने नागरिकता वितरण गर्ने गरेको छ । जिल्ला प्रशासन कार्यालयमा अहिले सम्म १२ हजार जनाले नागरिकताका लागि निवेदन दिएका छन् । निवेदन दिएकाहरूले पुससम्ममा नागरिकता पाइसक्ने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । मोरङमा करिब ५० देखि ६० हजारको हाराहारीमा अझै नागरिकताका लागि कुरिरहेको अनुमान गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले अहिले सम्म ४ हजार ५ सय जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता वितरण गरेको छ । जन्मसिद्ध नागरिकता प्राप्त गरेका नेपाली नागरिकका सन्तानले नागरिकता पाउने बाटो खुलेपछि ४ हजार ५ सय बढीले नागरिकता प्राप्त गरेको मोरङ प्रशासनले जनाएको छ ।

प्रकाशित मिति:July 30, 2023