नापी अधिकृतविरुद्ध १ करोड ४ लाखको भ्रष्टाचार मुद्दा

Nepal Cover
१४ श्रावण २०८०, आईतवार
image

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी अधिकृत राजु पुरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गैर कानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत पुरीविरुद्ध रु। १ करोड, ४ लाख, ३ हजार, ९ सय ४१ रुपैयाँ ८३ पैसा बिगो कायम गरी आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।