२२ वटा घर भएका सरकारी उपसचिव बिष्ट अख्तियारको फन्दामा

Nepal Cover
१५ श्रावण २०८०, सोमबार
image

काठमाडौ ।अख्तियारले केही गरेन भन्नेहरूका निम्ति सरकारी सेवामा प्रवेश गरेर नितिगत भ्रष्टाचार गर्ने सेवाग्राही लाई दुख दिएर अकुत कमाएका भ्रष्टहरुलाइ खोजि खोजी मुद्दा चलाएर सक्रियता देखाइ जवाफ दिएको छ। यस्ता अभियानबाट आम नागरिक सामु अख्तियारले थप बिश्वास समेत आर्जन गरेको छ।

प्रमुख आयुक्त प्रेमकुमार राई आउनु अगाडिका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको पुरा कार्यकाल हजार खानेलाई छोडेनन करोडौंलाई छोएनन भन्ने आरोप खेपिरहेको अख्तियार यो राई कार्यकालमा चौतर्फी चुनौतीपूर्ण अवस्थाका बाबजुद पनि उद्देश्य अनुरुप कृयाशिल रहेको सबैलाई अनुभुती गराइएको कामको सक्रियताले प्रष्ट गरेको छ।

अख्तियारले सरकारी सेवारत धेरै उच्च तहका कर्मचारीलाई मुद्दा चलाउने क्रममा बन मन्त्रालयमा बसेर अकुत कमाउने एक भ्रष्ट कर्मचारीलाई मुद्दा दायर गरेको छ। अख्तियार श्रोतका अनुसार सरकारी सेवामा प्रवेश गरेको २ दशकमै काठमाण्डौँमा मात्रै २२ वटा घर र ८७ स्थानमा जग्गा किन्न सफल दार्चुला शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर स्थायी घर भएका वन विभागका उपसचिव हेमराज विष्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रोत नखुलेको अकुत सम्पत्ति कमाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

यसै बीच अब अख्तियारले एयरपोट भन्सारमा गएका कर्मचारीहरूलाई निगरानी बढाएको छ। त्यहाँ भित्र रहेर लामो समय कार्यरतलाई मुद्दा दायर गर्ने तयारी गरेको बुझिन आएको छ। पछिल्लोपटक सुनाको लाइन कै कारण आकर्षणक भएकाले कतिपय कर्मचारी लाइन मिलाएरै एयरपोर्ट भन्सार जाने गर्छ्न।