जनार्दन शर्माले बोलाए सङ्गठन विभागको बैठक

  Sampatti News

August 1, 2023

काठमाडौँ । माओवादी केन्द्रीय समिति अगाडि जनार्दन शर्मा ‘प्रभाकर’ले सङ्गठन विभागको बैठक बोलाएका छन् । भोलि (बुधबार) देखि बस्ने केन्द्रीय समिति बैठकको तयारी स्वरूप माओवादी केन्द्रको केन्द्रीय सङ्गठन विभागको बैठक बस्दैछ । पार्टी उपमहासचिव तथा सङ्गठन विभाग प्रमुख शर्माका अनुसार आज साढे एक बजेदेखि सङ्गठन विभागको बैठक बस्न लागेको हो । आज बस्ने सङ्गठन विभागको बैठकले हटाउनु पर्ने विभाग र सङ्गठन तथा घटाउनु पर्ने विभाग र सङ्गठनका आकारको विषयमा छलफल गर्ने भएको छ ।

माओवादी केन्द्रले यसपटकको केन्द्रीय समितिबाट सङ्गठन र विभागलाई घटाएर चुस्तदुरुस्त बनाउन खोजेको छ । सोमबार र त्यसअघि बसेका पार्टी पदाधिकारी बैठकले सङ्गठन र विभागका आकारहरू भद्दा भएका र जिम्मेवारी अनुसार काम हुन नसकेको निष्कर्ष निकाल्दै केन्द्रीय समितिमा परिमार्जनको प्रस्ताव लैजाने तयारी गरेको छ ।

यस्तै पार्टीको केन्द्रीय समितिको पनि आकार ठूलो भएको भन्दै घटाउनु पर्ने प्रस्ताव केही नेताहरूको छ ।

प्रकाशित मिति:August 1, 2023